हरेक दिन, हरेक पल दौडीरहेछ यो दुनियाँ – गुरुरुरु ! ‘म’ रुपी खोक्रो आकृति सम्हालेर, होशियार भएर यो वजनहीन भौतिक बस्तुको वजन थाह नदिनलाई हरेक प्रयत्न गर्छ, सजाउँछ पताका अनि ध्वजा टाँसेर! अनि अभिलाषा राख्छ, अरु खोक्रा आकृतिहरूको मन बसोस् उसमा ! के थाहा बाँससरी ठडेको त्यो आकारलाई उसले देखाउने आकांछ्या राखेकाहरुपनि ऊ जति नै… Continue reading बाँसहरु र पीपल
Category: writing
अभिव्यक्ति
कलाको प्रस्फुटित हुने अचम्मको तरिका छ। तहै-तहले लुकेको छ – भाषाको तह, कलम अनि मशीको तह, क्यानभासको तह । त्यो अभिव्यक्ति खोतलेपछी सुनिन्छ, प्यास तृप्तहुँदाको अनुभव – भलै सेकेन्ड ह्यान्ड किन नहोस। मर्म भने बिलाएर जानछ, रहन्छ त बस् संदेश – जाऊ आफै घुट्की लेउ, प्यास मेटाउ, मेरो तृप्तिको उधारो अनुभव प्रेरणा बनोस तिम्रो आफ्नै… Continue reading अभिव्यक्ति
बराला
आज दिउँसो हिंडीरहेंथ्ये, उद्देश्यहीन भएर, बराला हुनुको अर्थ बुझ्न – अर्को भाषामा आंफैभित्र नियाल्न । सुरुवात भने बाहिरी हेराईबाट प्रेरित भयो । हाँसहरु पानीमा निश्चल रुपमा पौडीरहँदा म नजीक आएको देखेपछि बेजोडसँग उडेको दृश्यले दङ्ग बनायो । बथान निकै माथिसम्म उड्ने रहेछन । सधैँ आफुपछाड़ीको झाडीबाट खस्याक-खुसुक हुँदा आफ्नो हिंडाइ तीब्र बनाउने खुट्टाहरुलाई रोकेर, फर्केर… Continue reading बराला
मैले आज लेखिन
मलाई स्वीकार्य छ – मेरो सिर्जनात्मक शक्तिको अल्पता। मलाई स्वीकार्य छ – मेरो कल्याणिकीको सीमितता। मलाई स्वीकार्य छ – बहुलट्रोपनमा डुबेर लेखिएका मेरा शब्दहरूको निस्सारता। मलाई स्वीकार्य छ – मैलेले जकडिएको खनिजुरूपी सोचबाट टिलिक्क टल्केको धातुरूपी सहज सिर्जनसिलता नखाने फगत प्रयासहरू। किनकी पिकाशो एक रातमा जन्मेनेन्। देवकोटा भिखारी देखि मन्त्रीसम्म हुँदा बल्ल मार्मिक सिर्जनाको पदार्पण… Continue reading मैले आज लेखिन