कलाको प्रस्फुटित हुने अचम्मको तरिका छ। तहै-तहले लुकेको छ – भाषाको तह, कलम अनि मशीको तह, क्यानभासको तह । त्यो अभिव्यक्ति खोतलेपछी सुनिन्छ, प्यास तृप्तहुँदाको अनुभव – भलै सेकेन्ड ह्यान्ड किन नहोस। मर्म भने बिलाएर जानछ, रहन्छ त बस् संदेश – जाऊ आफै घुट्की लेउ, प्यास मेटाउ, मेरो तृप्तिको उधारो अनुभव प्रेरणा बनोस तिम्रो आफ्नै मुहान खोज्ने । विचारको अंकुरण सम्भार्न सजीलो नहोला तर त्यसलाई पानी नदिनुको मूल्य हजारौं गुना चर्को छ ।