मैले आज लेखिन

m

मलाई स्वीकार्य छ – मेरो सिर्जनात्मक शक्तिको अल्पता। मलाई स्वीकार्य छ – मेरो कल्याणिकीको सीमितता। मलाई स्वीकार्य छ – बहुलट्रोपनमा डुबेर लेखिएका मेरा शब्दहरूको निस्सारता। मलाई स्वीकार्य छ – मैलेले जकडिएको खनिजुरूपी सोचबाट टिलिक्क टल्केको धातुरूपी सहज सिर्जनसिलता नखाने फगत प्रयासहरू।

किनकी पिकाशो एक रातमा जन्मेनेन्। देवकोटा भिखारी देखि मन्त्रीसम्म हुँदा बल्ल मार्मिक सिर्जनाको पदार्पण भयो। लिओनर्दो दा भिञ्चीका जहाज डिजाइन्लाई उनले छोडेका स्कूलका कक्षाहरूले सघाए। संसार सात दिनमा बनेन। पृथ्वी त्यही ठाउँमा आउन ३६५ दिन लगाउँछ, मान्छे इतिहास दोहोर्याउँछ। प्रगति रेखीय हुदैन – मलाई स्वीकार्य छ।

हिजो लेखेको मीठो मुक्तक, आजको निरस हाइकु। जबर्जस्ती किन थोपर्छन् यी जन, आँफैमाथिको निरन्तर दबाब ! मलाई हिजोभन्दा आज नराम्रो हुनुमा संकोच छ – र न यो अक्षर कोरिरहेछु। हरेक दिन नव सिर्जनाको फुल रोप्दा फक्रक्क फक्रिने मन, नरोप्दा खरीमा बस सूर्यको लालीको आभाषमा किन तृप्त हुन सक्दैन? किन हरक दिन नयाँ बीज गाडिनैपर्ने ?

म माध्यम हुन चाहन्छु, म साधन हुन चाहन्छु – साध्य हुने अन्तरआत्माको जिम्मा। म लेख्न चाहन्छु तब – जब अस्तित्व म मार्फत आफूलाई व्यक्त गर्न चाहन्छ। स्वार्थी हुन चाहन्न, व्यक्तिगत गोलमटोल भावको अर्थ देखिन। अथा ब्रह्माण्डमा लुकेको एउटा थोप्लोको स्थान पक्कै होला, तर चारघेरामा बाँधिएर रुमल्लिएको सोच र त्यसले निर्यात गर्ने सिर्जनाको के नै अर्थ छ र?

Leave a comment

Your email address will not be published. Required fields are marked *